Advertize with us.............

ओलीले भने– देश बचाउन राप्रपासँग तालमेल

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बचाउँनका लागि आफूहरुले राप्रपासँग तालमेल गरेको बताएका छन् । पछिल्लो राष्ट्रवादीको चर्चा बटुलेको एमालेको राप्रपासँगको तालमेललाई आलोचना भइरहँदा ओलीले राप्रपासँगको तालमेललाई राष्ट्रवादीसँगको तालमेलका रुपमा अथ्र्याएका छन् ।
एमाले काठमाडौंले शुक्रबार कान्तिपथमा गरेकोपरिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा ओलीले देश बचाउनका लागि राजनीतिक तालमेल गरिएको स्पष्ट गरे ।
कसैका छोरी चेली जिताउन होइन
‘कसैको छोरी चेली र दाइभाइ जिताउन हामीले तालमेल गरेका होइनौं,’ ओलीले भने, ‘हामी राम्रो कामका लागि मिलेका छौं । देश बचाउन राजनीतिक तालमेल गरेका हौं ।’
एमाले बलियो भएमा देश बलियो हुने भन्दै ओलीले काठमाडौंको विकाशको सपना पनि बाँडे । काठमाडौं महानगरमा एमालेले जितेमा बुढानिलकण्ठदेखि चोभारसम्म केवलकार सञ्चालन गर्ने पनि ओलीले बताए ।
उनले एउटा पुल मात्र नभई सबै पुल बनाउन एमाले लागिपरेको पनि पनि उल्लेख गरे । ओलीले काठमाडौं महानगरमा एमालेको मेयर जिताउने सारथि केशव स्थापित भएको भन्दै स्थापितको प्रशंशासमेत गरेका थिए । उम्मेदवार 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस