Advertize with us.............

अधिकृतलाई स्वागत तथा विवाई कार्यक्रम सम्पन्न

अधिकृतलाई स्वागत तथा विवाई कार्यक्रम सम्पन्नरामधुनी नगरपालिकाले सरुवा भएर जाने कार्यकारी अधिकृत र नगरपालिकामा आउने कार्यकारी अधिकृतलाई स्वागत तथा विवाई कार्यक्रम सम्पन्न गरेको छ ।
स्वागत तथा विदाई कार्यक्रममा स्थानीय राजनैतिक दल ,सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारीहरुले सरुवा भएर जान लागेका प्रमोदकुमार चौधरी र रामधुनी नगरपालिकामा आएका सुर्यप्रसाद गौतमलाई स्वागत तथा विदाई गरेका हुन । कार्यक्रममा सहभागीहरुले सरुवा भएर छिन्मस्ता गाउँपालिकामा जान लागेका प्रमोद चौधरीलाई मायाको चिनो प्रधान गरेका थिए । त्यसै गरी चौधरीलाई नरपालिकाका कर्मचारीहरुले मायाको चिनो ढाका टोपी लगाएर विदाई गरेको छ  । रामधुनी नगरपालिकावाट सरुवा भएका  लेखापाल  रोशन पोखरेललाई समेत विदाई गरीयो ।
कार्यक्रममा रामधुनी नगरपालिकामा कार्यकारी अधिकृत सुर्यप्रसाद गौतमलाई समेत सहभागीहरुले दोसल्ला ,ढाकाटोपी लगाएर स्वागत गरे । सो अवसरमा सरुवा भएर जाने र आउने कर्मचारीलाई युथक्रियसन नेपाल ,वर्डभिजन नेपाल र नेपाल रेडक्रस शाखा झुम्का लगायतले स्वागत तथा विदाई गरेका थिए । कार्यक्रममा प्रहरी निरिक्षक शान्तिराम कार्की , युथक्रियसनका अध्यक्ष जितेन्द्र नायक ,विभिन्न राजनैतिक दलका स्थानीय नेताहरु तथा टोल विकाश संस्थाका अध्यक्ष लगायतको उपस्थीती रहेको थियो । 
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस