Advertize with us.............

एमालेमा एक व्यक्ति एउटा चुनावमा मात्र उम्मेदवार हुन पाउने

Image result for photo of kp oli
एमालेले नयाँ संविधान अनुसार हुने लागेका तीन तहको चुनावमध्ये कुनै एउटामा उम्मेदवार बनेको व्यक्ति अर्को निर्वाचनमा पुन: उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ । 

यो निर्णय अनुसार अहिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरु आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि पनि उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । जुनसुकै चुनावमा पनि उम्मेदवारका आकांक्षीहरु धेरै हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न स्थायी समितिको सोमबारको  बैठकले यस्तो मापदण्ड ‘वर्तमान संविधान अनुसार हुन गइरहेको तीन तह (स्थानीय, प्रदेश र केन्द्रीय संसद) को निर्वाचनमध्ये एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेद्वार बन्न पाउने निर्णय गरिएको छ,’ स्थायी समितिको निर्णय सार्वजनिक गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भनेका छन् ।
बैठकले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणा पत्र मस्यौदा समिति निर्णाण गरेको छ । समितिमा अष्टलक्ष्मी शाक्य, भीम रावल, विष्णु पौडेल, घनश्याम भूसाल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।
त्यस्तै महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ । उक्त समितिमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् । 
बैठकले यसअघि नै निर्णय गरेअनुरुप उम्मेदवारको सिफारिस पठाउन वडा कमिटीहरुलाई चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटी लाई  २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीलाई ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटी लाई ०७४ वैशाख १० गतेसम्मको समयसीमा दिएको छ । पार्टी स्थायी समितिले ०७४ वैशाख १२ गते बैठक बसी उम्मेदवारको अन्तिम टुंगो लगाउन कार्यतालिका निर्माण गरेको छ ।
निर्वाचनमा एमालेलाई विजयी बनाउन पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय तथा विभागका सदस्यहरु, सांसदहरुका साथै जनसंगठनका केन्द्रीय नेताहरुलाई सम्बन्धित प्रदेश समन्वय कमिटीसँग समन्वय गरी आ–आफ्नो स्थानीय तह रहेको क्षेत्रमा तत्कालदेखि नै क्रियाशील हुन पनि एमालेले निर्देशन दिएको छ । स्थानीय निर्वाचनको सम्पूर्ण तयारीको लागि आउँदो बैशाख ३ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस