त्यसैगरी आलिंगनमा लिई शारीरिक अङ्ग सुमसुम्याउनु स्नेह प्रदर्शन गर्ने एउटा प्रभावकारी उपाय हो । केश, स्तन, स्तनको मुन्टो, तिघ्रा, यौनाङ्ग वा शरीर घर्षण पनि यौन सुखदायक मानिन्छन् । त्यसैले पनि यौन दुव्र्यवहार गर्नेहरू महिलाका संवेदनशील अङ्गहरूको स्पर्श गरी यौन आनन्द लिन लालायित देखिन्छन् । परापूर्व कालदेखि नै मानिसहरू यौन साहित्यमा वर्णन गरिएका शब्दचित्रमार्फत यौन परिकल्पनामा डुब्थे वा यौन उत्तेजक दृश्य सामग्री अवलोकन गरी यौन आनन्द प्राप्तिमा लागेको अनुभवले देखाउँछ । अहिले सूचना–प्रविधिको विकाससँगै ठूलो परिवर्तन आइसकेको छ ।
यौन र गन्ध
मानव शरीरभरि तथा विभिन्न प्रणालीमा ग्रन्थिको उपस्थितिसँगै ग्रन्थिरस उपलब्ध हुन्छ । शरीरको बाह्य पत्र अर्थात् छालालाई हल्का तैलीय राख्न पनि छालामुनि रहेका ग्रन्थि निरन्तर सक्रिय अवस्थामा रहन्छन् । त्यसका अतिरिक्त काखी, काछ तथा स्तनमुनि पृथक गन्धको रस उत्पादन हुन्छ भने यौनाङ्ग विशेष तथा सहायक यौनाङ्ग (स्तन) बाट छुट्टै श्राव उत्पादन हुन्छ । तैलीय तथा एपोक्राइन ग्रन्थिमध्ये पछिल्लोको ग्रन्थिबाट उत्पादित ग्रन्थिरसले विशेषत: यौन आकर्षणको भूमिका निर्वाह गर्छ अर्थात् फेरोमोनको काम गर्छ । यी सबैको समुच्चा अवस्थाले व्यक्ति विशेषमा पृथक खालको गन्ध उत्पन्न हुन्छ ।

ग्रन्थिरसको उत्पादनमा उमेर विशेष वा महिलामा भए मासिक श्राव चक्रको समय विशेषमा पृथक् गन्ध प्रवाह हुन्छ । त्यही भएर लामो समयसँगै बसेकाहरूले एक–अर्कालाई गन्धका माध्यमबाट पनि चिन्न सक्छन् । मानसिक तनाव वा उत्तेजनाको अवस्थामा त्यस्ता ग्रन्थि बढी सक्रिय भै त्यसमा ब्याक्टेरिया सिर्जना हुनसक्छ, जसबाट दुर्गन्धसमेत फैलन्छ । प्राकृतिक रूपको यस्तो गन्ध छोप्न कृत्रिम बास्नादार स्प्रे (परफ्युम) को प्रयोगबाट क्षणिक फाइदा पुगे पनि यो राम्रो कुरा होइन, तैपनि यस्तो परफ्युमले समय विशेषमा थप यौनिक मादकता प्रदान गर्छ भने कतिपय अवस्थामा प्रतिकूल परिणाम ल्याउँछ ।
हरेक मानिसमा समयअनुसार गन्धको प्रकृति फरक–फरक हुनसक्छ । त्यही भएर महिला यौन साथीले आराम गर्नुपर्ने बेलामा पुरुषलाई चित्ताकर्षक नलाग्ने गन्ध निस्कन बेर लाग्दैन । महिनावारी, गर्भावस्थामा तथा प्रसावोत्तर समयमा श्रीमान वा पुरुष यौन साथी महिला यौन साथीप्रति यौनिक हिसाबले आकर्षित नहुनुको कारण पनि यही हो । व्यक्ति विशेषको पृथक् गन्धकै कारण यौन आकर्षण बढ्ने वा वितृष्णा पैदा भै दाम्पत्य जीवन थप सुमधुर हुने वा धरापमा पर्न सक्ने दुवै अवस्था रहन्छ । यसरी यौन क्रिया पूर्व स्पर्श, दृष्टि वा ध्वनिको जत्तिकै गन्धको भूमिका नभए पनि विशेष परिस्थितिमा गन्धको छुट्टै महत्व छ ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन