प्रशासनबाट पर्याप्त अनुगमन र निगरानीको अभावमा उपभोग्य मिति सकिएका वस्तु विक्रि हुने क्रम धनकुटामा जारी रहेको छ । यसको पछिल्लो उदाहरण दुर्घटनामा परी घाइते भएका एक व्यक्ति भएका छन् । उनलाई सदरमुकामस्थित एक औषधीपसलले अढाई महिना अघि उपभोग्य मिति सकिएको औषधि बिक्रि गरेको घटना बाहिर आएको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका तेह्रथुमको छथर गाउ‘पालिका–५ का ५६ वर्षिय इन्द्रबहादुर बस्नेतले आइतबार जिल्ला अस्पताल अगाडि रहेको सूर्यविनायक फार्मेसीबाट औषधि खरिद गर्दा अढाई महिना अघि नै म्याद सकिएको औषधि दिइएको थियो । बस्नेतले जिलसेफ नामको ५ सय एमजीको औषधि खरिद गरेका थिए । उनले औषधि सेवन गर्न लाग्दा मिति सकिएको पाएपछि उक्त कुरा थाहा पाएको बताए ।




परिवर्तनपरिवर्तन इमोसनइमोसन