Advertize with us.............

इटहरीमा उडेको ड्रोन प्रहरी नियन्त्रणमा

इटहरीमा महानायक राजेश हमाल उपस्थित कार्यक्रममा अनुमति बिना ड्रोन उडाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानायक राजेश हमाल प्रस्तोता रहेको नेपाल टेलिभिजनको चर्चित हाजिरी जवाफ क्विज मेनिया कार्यक्रमको पुरस्कार वितरण कार्यक्रमको क्रममा ड्रोन उडे पछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुनै पनि सार्वजनिक स्थान सभा तथा कार्यक्रममा प्रशासनको अनुमति बिना ड्रोन उडाउन प्रतिबन्ध गरिएको छ । तर इटहरी स्थित कस्तुरी कलेजले आयोजना गरेको कार्यक्रममा हमाल सँगैको टोलीमा आएका दुई युवाले कलेज आसपास तथा सार्वजनिक स्थानमा उडाएर भिडियो कैद गरेका थिए । इलाका प्रहरी कार्यालय इटहरीले ड्रोन कार्यक्रम स्थलबाट नियन्त्रणमा लिई प्रहरी कार्यालय ल्याएको थियो ।
यता ड्रोन उडाउने कार्यमा संलग्न काठमाडौंका राज बिक्रम महर्जनलाई अनुमति लिएर मात्र उडाउन प्रहरी कार्यालयमा कागज गरेपछि ड्रोन जिम्मा लगाइएको थियो । उनले जथाभाबी ड्रोन नउडाउने लिखित कागज गरेपछि छाडिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीले जानकारी दिए ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस