सुनसरीमा विभिन्न निकाय तथा संघ सस्थाहरुले बालविवाहका घटना न्यूनिकरणको प्रयास गरी रहेपनि सुनसरीमा भने अझैपनि सो विषय गम्भिर चुनौतिकै रुपमा रहेको छ । कमजोर आर्थिक अवस्था, अशिक्षा, दाइजो प्रथा र रुढीवादी सोचका कारण जिल्लामा यदाकदा अझपनि बालविवाहका घटना बाहिरिने गरेका छन् । सुनसरीका ग्रामिण भेग र विपन्न समुदायमा अझैपनि वालविवाह रोकिन नसकेको विषयलाई लिएर अधिकारवादीहरुले बालविवाह न्यूनिकरणका कार्यक्रमलाई निरन्तरता दिने भएका छन् । सुनसरीका सम्भावित क्षेत्रलाई समेट्ने गरी ५६ वटा विद्यालयमा बालविवाह सचेतना र न्यूनिकरण अभियान संचालनमा ल्याइन लागिएको हो । यूचेप नेपाल र रेष्टलेस डेभलपमेन्ट नेपालले जिल्लाको तह केन्द्रित तथ्यांकका आधारमा कार्यक्षेत्र बढाउदै बालविवाह सम्वन्धि सचेतना र न्यूनिकरणका पहल चालिने जनाएको छ । विद्यालयका प्रअ तथा सचिवहरु सहभागि भेलाले किशोरी शिक्षा कार्यक्रमलाई विद्यालय स्तरमै अनिवार्य गरिनुपर्नेमा जोड दिएका थिए । सुनसरी दक्षिण एशियाकै बढी बालविवाह हुने मुलुकको सूचिको तेस्रो स्थानमा पर्दछ । २०६८ को तथ्यांक अनुसार मुलुककै टप टेन भित्र बालविवाह हुने स्थानमा सुनसरी पर्ने गर्छ । जिल्ला तथ्यांक कार्यालय सुनसरीका अनुसार १० वर्ष मुनिको मात्र वाल विवाह हुने संख्या ३ हजार बढी छ । उक्त संख्या १० देखी १४ वर्ष उमेर समूहमा २८ हजार १ सय १३ र १५ देखि १९ वर्षको संख्या १३ हजार ७ सय ११ रहेको छ ।
Subscribe to:
Post Comments (Atom)




परिवर्तनपरिवर्तन इमोसनइमोसन