मिर्गौलाका माध्यमबाट शरीरमा रहेका विकार बाहिर निकाल्ने काम पिसाबले गर्छ । पिसाब लागेको महसुस भएको एक–दुई मिनेटभित्रै सकेसम्म पिसाब फेर्नु राम्रो हुन्छ ।
एउटा स्वस्थ मानिसको शरीरमा एक दिनमा डेढ लिटरदेखि दुई लिटरसम्म पिसाब बन्छ । तर, पानी कम या धेरै पिउनेहरूमा पिसाब बन्ने परिमाण केही तल–माथि हुन सक्छ । स्वस्थ मानिसको पिसाबथैलीको क्षमता दुई सयदेखि तीन सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेबित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । सामान्यतया एउटा मानिसले दिनमा पाँचपटक पिसाब फेर्नु राम्रो हुन्छ ।
पिसाब कम आउनुको मुख्य कारण पानी कम पिउनु हो । पानी कम पिउँदा पिसाबथैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै, लामो समयसम्म पिसाब रोक्दा पनि पिसाबथैली तथा नलीमा संक्रमण हुन सक्छ । त्यस्तो वेला पिसाब पोल्छ ।
सामान्यतया पिसाबको रङ हल्का पँहेलोदेखि अलि गाढा पहेँलोसम्म हुन सक्छ । तर, अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पँहेलोपन हराउँछ भने चिन्ता गर्नुपर्दैन । एक दिनभन्दा बढी यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको
हुन सक्छ ।
पिसाबथैली तथा नलीमा संक्रमण भएमा पिसाब फेर्दा पोल्ने, दुख्ने, पिसाब लाग्नेबित्तिकै गइहाल्नुपर्ने, पिसाबलाई रोक्नै नसक्ने, पिसाब गनाउने, रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, राति सुतेको समयमा पनि पिसाब लागिरहने, पिसाब लागेजस्तो हुने तर शौचालय जाँदा थोरै मात्र आउने हुन्छ । यस्तो समस्या भए पिसाबथैली तथा नलीमा संक्रमण भएको हुन सक्छ ।
पिसाबको संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । महिलाको पाठेघर र पिसाबथैली एकदमै नजिक हुन्छ । साथै पुरुषको तुलनामा महिलाको पिसाबनली निकै छोटो हुन्छ, जसले गर्दा महिलालाई धेरै सताउँछ ।

सामान्यतया पिसाबको रङ हल्का पहेँलोदेखि अलि गाढा पहेँलोसम्म हुन सक्छ । अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नुपर्दैन ।
पिसाबथैली तथा नलीमा हुने कुनै पनि संक्रमणले थैली र नलीको भित्तामा घाउ बनाउँछ । सो घाउमा एसिडिक पिसाब पर्दा पोल्ने, दुख्ने समस्या हुन्छ ।
सरसफाइको कमी, सन्तुलित आहारको कमी, अन्य संक्रमणका कारण कहिलेकाहीँ पिसाब एसिडिकबाट अल्कोलाइन बन्छ । पिसाब अल्कोलाइन हुँदा ब्याक्टेरियाले हुर्कने राम्रो वातावरण पाउँछ र संक्रमणले तुरुन्तै समातिहाल्छ ।

पिसाबमा रगत आउनुको कारण भनेको संक्रमणले बनाएको घाउमा रहेका नसा च्यातिएर वा फुटेर हुन सक्छ । पिसाबमा रगत आएको छ, तर दुख्दैन भने अनावश्यक मासु पलाएको कारणले हुने गर्छ ।
यसो गरौँ
पिसाबको संक्रमणबाट जोगिन प्रशस्त मात्रामा पानी पिउने, अमिलो फल जस्तै– कागती, मौसम, सुन्तला खाने गर्नुपर्छ । यी फलमा हुने साइट्रस एसिडले मूत्र संक्रमण गराउने जीवाणु नष्ट गर्छ । त्यस्तै, यौनांगको सरसफाइसँगै व्यक्तिगत सरसफाइमा ध्यान दिने, शुद्ध पानी पिउने, नुहाउँदा तेल लगाएर नुहाउने तथा विभिन्न समयमा पिसाबको जाँच गर्ने गर्नुपर्छ ।

परिवर्तनपरिवर्तन इमोसनइमोसन