Advertize with us.............

प्रेस स्वतन्त्रतामा अंकुश लगाउन खोजियो


 नेपाल पत्रकार महासंघले आफ्नो ६२ औं स्थापना दिवस आज विशेष कार्यक्रम सहित मनाएको छ । सञ्चारग्रामस्थित महासंघ केन्द्रीय कार्यालयमा महासंघका अध्यक्ष डा.महेन्द्र विष्टसहित पूर्वअध्यक्षहरूले केक काटेर स्थापना दिवस मनाइएको हो ।

दिवसको अवसरमा महासंघका अध्यक्ष डा.विष्टले सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशीलप्रति शुभकामना दिँदै अनेक आरोह अवरोह झेल्दै महासंघ आजको अवस्थामा आइपुगेको भन्दै भावी दिनमा पेसागत मुद्दामा अझ सशक्त ढंगले अगाडि बढ्ने बताए । अध्यक्ष विष्टले लोकतन्त्र स्थापना भैसकेको समयमा समेत नेपाली प्रेसले विभिन्न समस्याहरु झेल्नु परेको बताउँदै सरकारले सुशासन ऐन अन्तर्गत अनलाइन निर्देशिका जारी गरेर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाए ।
कार्यक्रममा पूर्वअध्यक्ष होमनाथ दाहाल पूर्वमहासचिव रघु पन्त कानुनविद काशिराज दाहाल, बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झाकासाथै महासंघका पदाधिकारी पत्रकारहरु, विभिन्न संघसंगठनका प्रतिनिधि, सम्पादक, मिडिया सञ्चालक, सरकारी अधिकारीकासाथै ठुलो संख्यामा पत्रकारहरुको सहभागिता थियो ।
महासंघले देशभर र विदेशमा रहेका शाखामा पनि आज विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस