Advertize with us.............

दस लाखकी नीता

Image result for photo of nita dhunganaअभिनेता निखिल उप्रेतीले केही समयअघि आफ्नो पारिश्रमिक २० लाख रुपैयाँ भयो भने वर्षमा दुईवटा मात्र चलचित्रमा अभिनय गर्ने घोषणा गरेका थिए । अहिले आएर अभिनेत्री नीता ढुंगानाले पनि त्यस्तै अभिव्यक्ति दिएकी छिन् । नीताले आफूलाई एउटा चलचित्रका लागि १० लाख रुपैयाँ दिने हो भने वर्षमा दुईवटा चलचित्रमा मात्र अभिनय गर्ने तथा म्युजिक भिडियोमा कामै नगर्ने घोषणा गरेकी छिन् । शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘निर्भय’ बाट उत्साहित नीता चलचित्रसँगै म्युजिक भिडियोमा पनि व्यस्त छिन् । चलचित्रबाट अपेक्षा गरेजस्तो पारिश्रमिक नपाइने भएकैले आफूले बाध्य भएर म्युजिक भिडियोमा अभिनय गर्नुपरेको नीताको तर्क छ । अभिनेता उप्रेतीलाई २० लाख रुपैयाँ पारिश्रमिक दिन कुनै निर्माता तयार भैनसकेको अवस्थामा नीतालाई १० लाख पारिश्रमिक दिन कुन निर्माता अघि आउलान् त ?
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस