स्थानीय निकायको निर्वाचन जति नजिकिँदैछ, त्यही अनुपातमा गाउ तथा सहरहरूमा समेत चुनावी सरगर्गी पनि बढ्दै गएकाे पाइएकाे छ । १९ वर्षपछि सरकारले ०७४ बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेसँगै मतदान गर्नका लागि मतदाताहरू र आफ्नो उम्मेद्वारी दिनका लागि विभिन्न पार्टीमा आबद्ध स्थानीय नेताहरू आतुर देखिएका छन् । योसँगै यतिबेला स्थानीय तहमा पार्टीभित्र के कस्ता नेताहरूलाई मेयर÷उप मेयरका लागि छनोट गरी उम्मेद्वार बनाउने हो भन्नेतर्फ ध्यान जानुको सट्टा एकले अर्कोलाई कसरी छिर्के लगाएर आफूचाहिँ माथिनयाँ संविधानले स्थानीय निकायलाई बलियो बनाउने नीति अख्तियार गरेकाले अबको मेयर÷उपमेयर भनेको मन्त्रीभन्दा ठूलो हुने छन । त्यही भएर पनि मेयर÷उपमेयरका लागि तँछाडमछाड थामिनसक्नु गरी बढेको हो । मुख्य राजनीतिक दलदेखि अन्य साना दल र क्षेत्रीय दलहरूबाट पनि मेयर÷उप मेयरमा आकांक्षीहरू धेरै नै भएकाले के कसरी व्यवस्थापन गर्ने हो भन्ने विषय यतिबेला पार्टीका जिल्ला नेतृत्वकर्ता र केन्द्रीय नेतृत्वकर्ताहरूका लागि टाउको दुखाइ भएको छ । केही प्रमुख पार्टीहरूले मेयर ÷उपमेयरका लागि निश्चित मापदण्ड निर्धारण गरिसकेका छन् । उम्मेद्वार छनौटका लागि केन्द्रीय, प्रदेश र जिल्ला समितिलाई जिम्मेवारी समेत सुम्पिइसकेको छ । तर, पनि के कसरी मिलाएर लैजाने हो भन्ने विषयमा जिम्मेवारी पाएका नेताहरू अन्योलमै छन् ।
इटहरी उपमहानगरका लागि एमालेबाट मेयर पदका लागि महिलाहरूमा विष्णु शर्मा नेपाल, लक्ष्मी गौतम, अमला श्रेष्ठ र अमृता सुब्बाको नाम चर्चामा रहेको छ । पुरुषहरूबाट सांसद रेवतीरमण भण्डारी, द्धारिकलाल चौधरी, याम सुब्बा, सर्वध्वज साँवा र रामप्रसाद चौलागाईको चर्चा छ । नेपाली कांग्रेसको तर्फबाट इटहरी नगरसभापति हेमकर्ण पौडेल, उद्योग वाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष रोहित प्रसाई, विद्यार्थी नेता राजीव ढुंगाना, दुई नम्बर क्षेत्रीय सभापति मणिराम श्रेष्ठ र महिलाहरूको तर्फबाट गीता श्रेष्ठको नाम चर्चामा छ । माओवादी केन्द्रमा पार्टीका नगर इन्चार्ज भीम सुवेदी सागर, दोस्रो संविधानसभामा निर्वाचन लडेर नराम्रो पराजय भोगेकी रामकुमारी चौधरी र महिला नेतृ सपना परियार, सरस्वती पोख्रेल र शिवकुमार डाँगीको नाम चर्चामा रहेको छ ।राप्रपामा खनार निवासी प्रभावशाली नेता रोहित कार्की, इटहरीका युवा नेता रामप्रसाद (रामु) पोख्रेल लगायतको नाम चर्चामा छ । पर्ने हो भन्ने घिनलाग्दो खेल सुरु भइसकेको छ ।

नयाँ संविधानले स्थानीय निकायको मेजर पद मेयर÷उपमेयर मध्ये कुनै एकमा महिला अनिवार्य भन्ने सुनिश्चतता गरेकाले पूर्वका नाम चलेका उपमहानगर, नगरपालिकामा मेयर तथा गाउँपालिका अध्यक्षमा थुप्रै सक्षम महिला नेतृहरूले आकंक्षा देखाएपछि उम्मेद्वार छनोटको विषयमा गहकिलो बन्दै गएको छ । मुख्य राजनीतिक दलको नेतृत्व तहमै महिला नेतृहरूले पूर्वका प्रत्येक जिल्लामा रहेका उपमहानगर, नगरपालिका र गाउँपालिकाहरूमध्ये ५० प्रतिशतमा मेयरको उम्मेद्वारमा सक्षम महिलाहरूलाई टिकट दिनुपर्ने मागलाई महत्वका साथ अगाडि सारेका छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले स्थानीय निकायमा महिलाहरूलाई प्रथामिकता दिनुपर्ने कुरालाई जोड दिएसँगै महिलाहरूलाई मेयरमा टिकट दिनुपर्छ भन्ने विषय यतिबेला चर्चाको शिखरमा पुगेको छ ।
नेपाली कांग्रेस निकट नेपाल महिला संघ केन्द्रीय सदस्य भगवती पौडेलले भनिन्, ‘पूर्वमा मात्र होइन, देशभरबाट अब प्रत्येक पार्टीले सक्षम महिलाहरूलाई उपमेयर होइन, मेयर पदका लागि टिकट दिनुपर्छ । केवल भाषणमा मात्र महिलाहरूलाई ३३ र ५० प्रतिशत अधिकार पार्टीले प्रदान गरेको छ भनेर अब महिला नेतृहरू मान्ने पक्षमा छैनन् ।’ स्थानीय निकायको निर्वाचन भनेको पार्टीको नेतृत्वकर्ताहरूले बोलेका कुराहरूलाई व्यवहारिक रूपमा कार्यन्वयनका ल्याउने अवसर पनि भएको उनले बताइन् । अझै पनि धेरै पार्टीको नेतृत्व तहमा बसेकाहरू पितृसत्तामक सोचबाटै ग्रसित भएकाले अब त्यसलाई परिर्वतन गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भनिन्, ‘हुन लागेको स्थानीय निकायको निर्वाचनमा हामी महिला नेतृहरू अधिकारका लागि लडाइँ गर्न पनि तयार छौँ । यदि पार्टीका नेतृत्वकर्ताहरू महिलाहरूलाई पनि मेयरमा टिकट दिन तयार हँुदैनन् भने अन्तरपार्टी महिला सञ्जालमा आबद्ध भएका देशभरका महिलाहरू सबै पार्टीका मुख्य कार्यालय घेराउ गर्न, धर्ना र अनसनमा बस्न तयार छन् ।’
इटहरी उपमहानगरपालिका





परिवर्तनपरिवर्तन इमोसनइमोसन