Advertize with us.............

शंकास्पद मृत्यु भएकी बच्चीको पाेष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाइयो

तस्विर साेहन श्रेष्टकाे फेसबुकबाट
धरान
धर्मपुत्रीको रुपमा पालिएकी धरान–१६ की अनुशा राईको पोष्टमार्टम रिपोर्ट आएको छ ।
फागुन १७ गते शंकास्पद रुपमा मरेकी किशोरी राईको पोष्टमार्टम रिपोर्ट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागले प्रहरीलाई शुक्रबार बुझाएको छ । फरेन्सिक स्रोत अनुसार रिपोर्ट प्रहरीलाई बुझाइसकेको छ । रिपोर्ट अनुसार बलात्कार नभएको पुष्टि भए पनि किशोरीको यौनाङ्गको बनावट र आकार केही फरक देखिएकाले यस अघि शारीरिक सम्पर्क भएको हुन सक्ने देखाएको छ ।
मृतक किशोरीको हाइमेन च्यातिएको भेटिएकाले शारीरिक सम्पर्क हुँदै आएको संकेत पोष्टमार्टम रिपोर्टले गरेको छ । धरान–१६ पुन्यमार्गका बलिमान राई र उनकी श्रीमती पदमकुमारीले अनुषालाई धर्मपुत्रीको रुपमा १० वर्ष अघिदेखि पाल्दै आएका थिए । ती किशोरीले फागुन १७ गते विहान विषादी सेवन गरी रहस्यमय तरिकाले मृत्यु भएको थियो ।
त्यही विषयलाई लिएर स्थानीयवासी तथा बालअधिकारकर्मीहरुले उनको हत्या भएको भन्दै आन्दोलन गर्दै आएका थिए । उक्त आन्दोलनले हिंसाको रुपमा लिएको थियो । जसका कारण सशस्त्र प्रहरीको निगरानीमा अहिले पनि राखिएको छ । उक्त विषयमा बालअधिकारकर्मीहरुले प्रहरीमा उजुरीसमेत दिएका थिए ।
यस विषयमा प्रहरीले मुख खोलेको छैन् । यसैबीच, मृतक अनुषाका बाबु जीतबहादुरले आफ्नो छोरीको ह्रत्या भएको भन्दै राई दम्पतीलाई कारबाहीका मागसहित उजुरी दिएको बताइएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस