
२१ फागुन, जनकपुर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूहरु चुनाव विरोधी नभएको बताएका छन् । तर, संविधान संशोधन गरेर गरिने चुनाव समाधानमुखी हुने उनको तर्क छ ।
जनकपुरमा आयोजित कार्यक्रममा भट्टराईले चुनावबाट राज्यसत्ताको नेतृत्व लिएर देशलाई सम्बृद्ध बनाउने आफूहरुको सपना भएको बताए । उनले भने, चुनाव हुनुपर्छ तर, सबैभन्दा पहिले संविधान संशोधन गरेर मधेसी, थारु जनजातिको माग सम्बोधन गर्नुपर्छ ।’
संघीयताको विवाद हल गर्न पहिलो संविधानसभाको राज्य पुनर्संरचना समिति र आयोगले प्रस्ताव गरेको १० प्रदेश नै उपयुक्त भएको उनले बताए ।संवैधानिक प्रक्रियाभन्दा बाहिर रहेका मधेसी, थारु, आदिवासी जनजातिलाई संविधानको प्रक्रियामा आउने वातावरण बनाउनुपर्ने उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘अहिले जसरी चुनाव घोषणा गरिएको छ । यो चुनाव गराउन भन्दा पनि जनतालाई ढाँट्न र सत्ता लम्ब्याउनलाई गरिएको हो कि भन्ने हाम्रो आशंका हो ।’




परिवर्तनपरिवर्तन इमोसनइमोसन