Advertize with us.............

मेची अञ्चल अस्पताल भद्रपुरमा आजदेखि फार्मेसी

Image result for photo farmacie सरकारले ल्याएको अस्पताल सुधार तथा जनपहुँच विस्तार कार्यक्रमअन्तर्गत मेची अञ्चल अस्पताल भद्रपुरमा आजदेखि फार्मेसी(औषधालय) सेवा सुरु गरिएको छ ।
झापाका प्रजिअ उत्तरकुमार खत्री तथा अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले संयुक्त रुपमा सो फार्मेसी कक्षको उद्घाटन गरे ।
सो अवसरमा प्रजिअ खत्रीले अस्पतालमा उपचार सेवा दिने कार्य रोकेर बिरामी रेफर गर्ने परम्परा रहेसम्म सरकारी अस्पतालमा जनविश्वास घट्ने भएकाले दक्षता र इमान्दारीपूर्वक कार्यमा सबै कर्मचारी लाग्न सके मात्र अञ्चल अस्पतालको स्तरवृद्धिमा जोड दिए ।
बिरामीले आठ सय ५० प्रकारका औषधि सहज रुपमा खरिद गर्न सक्ने गरी सुरु भएको फार्मेसी सेवाका लागि सरकारले पहिलो चरणमा रु १५ लाख दिएको अस्पताल प्रमुख डा पीताम्बर ठाकुरले जानकारी दिएका छन् ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेल, समितिका सदस्य घनश्याम अधिकारी र झापा प्रहरी प्रमुख शैलेश थापाले अस्पतालमा कार्यरत जनशक्ति र विशेषज्ञको सेवा जनमैत्री हुनुपर्ने धारणा राखेका थिए ।
अस्पताललाई मेडिकल कलेज बनाउन भद्रपुरमा रहेका राजनीतिक दलले सर्वसम्मत निर्णय गरी भवन निर्माण, जग्गा खोजीलगायत संयोजनकारी कार्य गरिरहेका छन् । गत फागुनमा स्वास्थ्यमन्त्रीको निर्देशनमा आएका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अस्पताल विकास र स्तरोन्नतिका लागि रु एक करोड २० लाख प्रदान गरेका थिए ।
सांसद कृणप्रसाद सिटौलाको पहलमा अस्पतालमा सघन उपचार कक्ष र डायलोसिस सेवाका लागि यसअगाडि नै सरकारले बजेट पठाए पनि प्राविधिक आइनपुगेकाले सेवा सुरु हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
अर्को
« पुराना
पुराना
अन्य »

परिवर्तनपरिवर्तन इमोसनइमोसन

समाज

स्वास्थ्य

राजनीति

खेलकुद

विज्ञापन गर्नुहोस